दुवै मिर्गौला फेल भएका युवकद्वारा सहयोगको याचना

पोखरा न्यूज । दुवै मिर्गाैला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको शय्यामा छट्पटाइरहेका जाजरकोटको नलगाड नगरपालिका–८ का ३६ वर्षीय नेत्रहादुर बस्नेत सहयोगका लागि याचना गरिरहनुभएको छ । उपचार गर्दागर्दै सबै सम्पत्ति सकिएको भन्दै उहाँले आफूलाई सहयोग गरेर बचाइदिन अनुरोध गर्नुभएको हो ।

अत्यन्त विपन्न परिवारका उहाँले अहिले काठमाडौँस्थित केएमसी अस्पतालमामा उपचार गराइरहनुभएको छ । उहाँको हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ । गत पुसमा बिरामी परेका उहाँलाई उपचारका लागि काठमाडौँ लगिएको थियो । शिक्षण अस्पताल काठमाडौँले दुवै मिर्गाैला फेल भएको पत्ता लगाएको थियो । काठमाडाँैमै उपचार गराइरहेका उहाँलाई खर्चले धान्न नसकेपछि अहिले उपचार कार्य रोकिने अवस्थामा पुगेको छ । आफन्तले मिर्गाैला दिने तयारी गरे पनि अर्थाभावले मिर्गाैला प्रत्यारोपण गर्न नसकिएको उहाँकी श्रीमती दिलमायाले बताउनुभयो ।

“घरको आर्थिक अवस्था निकै नाजुक छ । छोरा, छोरी साना छन् । घरमा कमाइ गरिदिने कोही छैनन् । दैनिक छाक टार्नसमेत मुस्किल परिरहेको परिवारले मिर्गाैला प्रत्यारोपण गर्न लाग्ने रु १०/१२ लाख कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ”, उहाँले भन्नुभयो, “म श्रीमान्लाई बचाउन चाहन्छु तर हामीसँग पैसा छैन । अहिलेसम्म ऋणसाहु गरेर बचायौँ । प्रत्येक हप्ता दुईपटक डायलासिस गर्ने र दुई महिनामा एकपटक रगत दिनु पर्दछ ।” ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button