पोखरामा लागुऔषधसहित एक युवक पक्राउ

पोखरा न्यूज । पोखरामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पृथ्वीराजमार्ग अन्तरगत पोखरा-२७ डाँडाकोनाकमा चेकजाँच गर्ने क्रममा शुक्रबार नारायणगढबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ७८८३ नं को बसबाट लागुऔषधसहित पर्वत कुश्मा नगरपालिका-३ बडडाँडा निवासी २२ वर्षीय मनोज कुँवर पक्राउ परेका हुन् ।

उनले बोकेको झोलाभित्र पत्रिकामा टेपले बेरेर राखेको अवस्थामा डाइजापाम ३४ एम्पुल, फेनारगन ३४ एम्पुल र नर्फिन ३४ एम्पुल बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button