तनहुँमा ट्याक्टर दुर्घटना, २ जना घाइते

पोखरा न्यूज । तनहुँमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

म्याग्दे गाउँपालिका-३ धयरेस्थित तिलचोकको भित्री सडक खण्डमा तिलचोकबाट धयरेतर्फ जाँदै गरेको ग १ त ५१२१ नं.को ट्याक्टर दुर्घटना हुँदा चालक सहचालक घाइते भएका हुन् ।

ट्याक्टर सडकको छेउमा पल्टिदा सह-चालक गोरखा निवासी २६ भीमबहादुर थापा गम्भीर घाइते भएका छन् भने चालक तनहुँ म्याग्दे गाउँपालिका-३ धयरे निवासी २७ वर्षीय गणेश रुचाल सामान्य घाइते भएका छन् । उनीहरु दबै जनालाई उपचारको लागि पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button