मोना कतारको दशौँ साधारण सभाको तयारी अन्तिम चरणमा

दोहा कतार । म्याग्दी प्रवासी नेपाली सङ्घ, राष्ट्रिय कार्यकारी समिति (मोना) कतारको चौबिसौ मासिक तथा नियमित बैठक आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्वमा सम्पन्न बैठकले मार्चको दोस्रो साता अर्थात् यही १२ तारीख शुक्रवार सम्पन्न हुन लागेको संस्थाको दशौँ साधारण सभा तथा अठारौँ वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

कार्यक्रम सामाजिक दुरी कायम गर्दै सीमित तथा निर्वाचन समितिको उपस्थिति अलदोसरी पार्कबाट जुम मार्फत सम्पन्न हुने भएको छ l संस्थाले जनवरी १ देखी नै लागु हुने गरी साधारण सभालाई लक्षित गर्दै साधारण सदस्यता शुल्क १० कतारी रियाल र आजीवन सदस्यता शुल्क २५१ रियाल कायम गरी खुला समेत गरेको छ ।

विश्वका २६ राष्ट्रमा फैलिएको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जिल्ला भित्र अग्रणी सामाजिक संस्थाको रूपमा परिचित छ । जिल्ला भित्र र परदेशका हरेक समस्यामा मलहम लगाउने उद्देश्यले “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल मन्त्र लिएर सन २००३ को मार्चको दोस्रो शुक्रवार मोना कतारको स्थापना भएको हो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button