पोखरामा जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई छुटाई दिन्छौ भनी १३ लाख ठगी गर्ने पक्राउ

पोखरा न्यूज । जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी रकम ठगी गर्ने दुई व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी, वकिल र अदालतसँग हाम्रो सेटिङ राम्रो छ, एक करोड रुपैयाँ दिए मिलाईदिन्छु, नत्र १५ वर्ष जेलमा जानुपर्छ भन्दै प्रतिवादीबाट १२ लाखको चेक र एक लाख १० हजार रुपैयाँ नगद लिई ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पोखरा-१७ राष्ट्रबैंक चोकस्थित एक खाजाघरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा-५ मालेपाटन निवासी ५८ वर्षीय सूर्यलाल खड्का र धादिङ जिल्ला गंगाजमुना गाउँपालिका-१ घर भई हाल पोखरा-२५ हेम्जा बस्दै आएका ३९ वर्षीय कमानबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

उनीहरुलाई प्रहरीले यही १९ गते बुधबार साँझ पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । विशेष सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट कामना सेवा विकास बैंकका ६/६ लाखका २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु, चार थान मोवाइल बरामद गरेको जानकारी प्रहरीले दिएको छ । उनीहरु दुबैलाई ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button