पत्रकारहरुले देश र जनताको पक्षमा कलम चलाउनु पर्नेमा जाेड

पोखरा न्यूज । प्रेस संगठन नेपालका सह इन्चार्ज ओम शर्माले जनताको पक्षमा, परिवर्तनको पक्षमा पत्रकारहरुले कलम चलाउनु पर्ने बताउनु भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूह निकट संगठनकाे बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै सहइन्चार्ज शर्माले यस्तो बताउनु भएकाे हाे ।

शान्तिपूर्ण धारबाट समाज परिवर्तन गर्न सकिन्छ भनेर हिजो दुइ कम्युनिष्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट  संगठन आवाज विहिन जनताको प्रतिनिधित्व गर्दै जीवन जगतलाई बुझेर समाज परिवर्तन गर्ने खालको पत्रकारिता गर्नुपर्ने उहाँले धारणा राख्नुभएकाे हाे ।

सो अवसरमा गण्डकी प्रदेश सांसद तथा नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, प्रदेश सांसद चन्द्र बुढा मगर, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, संगठनका गण्डकी प्रदेश इन्चार्ज हरि नारायण गौतम, संगठनका गण्डकी प्रदेश सह इन्चार्ज श्रीराम सिग्देल, तत्कालीन प्रेस चौतारीका उपाध्यक्ष नवराज सुवेदी, महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राज भण्डारी,  महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्त, प्रगतिशील पत्रकार संघका जिल्ला सचिव विजय रानाले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रम  संगठनकाे बागलुङ सह इन्चार्ज राम थापाको अध्यक्षता, संगठनकाे अनुशासन आयोगका कोपिला कँडेलको स्वागत मन्तव्य र तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button