पोखरामा लागुऔषधसहित २ जना पक्राउ

पोखरा न्यूज । पोखरामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले पोखरा-३० लेखनाथमा चेकजाँच गर्दा काठमाण्डौंबाट पोखरा तर्फ आउदै गरेको बा२ख ५४४७ नं.को हाइसमा सवार दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखरा-२९ मुसेटुडा निवासी १९ वर्षीय प्रकाश अधिकारी र पोखरा-३० ढुंगेपाटन निवासी ३५ वर्षीय राजकुमार मगर रहेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीले अधिकारीको साथबाट फेनरागन २३ एम्पुल, नुर्फिन २३ एम्पुल र डाइजापाम २३ एम्पुल बरामद गरेको छ भने मगरको साथबाट फेनरागन ३ एम्पुल, नुर्फिन २६ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button