पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा हस्तक्षेप गरेकाे छैनः मन्त्री भट्ट

पोखरा न्यूज सम्वाददाता । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफूले हस्तक्षेप नगरेको बताउनुभएको छ ।

शनिवार नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफूले कहिपनि हस्तक्षेप नगरेको बताउनुभएको हो । अन्य मुलुकको मुल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको उहाँको भनाई छ । भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पद्धार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘जनतालाई मुल्यवृद्धिले असर गर्ने कुरो अन्य मुलुकमा कसरी बेहोरेको छ त्यसको अध्ययन गर्न जरुरी छ । र भोली यसलाई अटोमेशनमा लैजाने भन्ने फेरी मुल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेशनको अर्थ हुँदैन । मैले कहिँपनि त्यो हस्तक्षेप गरेको छैन । तपाईको प्रक्रियामा मुल्यवृद्धि गर्नुस्, घटाउनुस्, सस्तोमा आउँछ । ध्यान दिनुपर्ने अलिकति कहाँ हुन्छ भने भारतसँगको मुल्यमा उता सस्तो भयो भने यताबाट पारि जान्छ । त्यो ध्यान दिनुपर्छ, अलि मिलाउनुपर्छ ।’

मन्त्री भट्टले निर्माण नचाहाने र ध्वंस चाहने, विनास चाहाने प्रवृति आफूहरु भित्रै रहेको भन्दै त्यस्तो प्रवृतिको विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले सरकारले गरेका कामहरु त देखिइराछन् । हामिले देखेका छौँ, सरकारले गरेको काममा अवरोध गर्नेहरु पनि छन् । विकास नचाहाने, बिनाश चाहाने प्रवृत्ति पनि छ । म हिजो मात्रै रुपन्देहीमा गएको थिँए । हामीले मोतिपुर औद्योगिक क्षेत्रको शिल्यानाश गर्ने कामलाई अगाडी बढाउन । हामी भित्रै प्रवृतिले ढुंगामुढा गर्न लगायो । ध्वंस चाहाने र निर्माण नचाहाने, बिनाश चाहाने, विकास नचाहाने प्रवृत्ति पनि हामी भित्रै छ । त्यसलाई ठिक ढंगले पहिचान गर्ने र त्यो प्रवृत्तिका विरुद्ध हामी संघर्ष गर्ने कुरो नै हुन्छ ।’

मन्त्री भट्टले आयल निगम लगायतका सरकारी कर्मचारीहरुले सरकार विरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठीक र कति बेठीक हो आत्मअनुशासन होकि होइन समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कर्मचारीहरुको दायित्व र कर्तव्य संस्थालाई बलियो बनाउने र कमीकमजोरीलाई सच्याउन सहयोग गर्ने भन्दै उहाँले आगामी दिनमा नीति, योजना कस्तो बनाउने हो त्यसबारे मन्त्रालयलाई सहयोग गर्न समेत सुझाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button