चार जना श्रष्टालाई पोखरामा ‘स्टार्स’ सम्मान

पोखरा न्यूज । स्टार्स स्टुडियो प्रालि पोखरा र स्टार फाउन्डेसन नेपालको वार्षिकोत्सवको अवसरमा चार जना श्रष्टालाई पोखरामा सम्मान गरिएको छ ।

यसरी सम्मानीत हुनेहरुमा सुर्खेतका प्रेमदेव गिरी, विराटनगरकी बीणा राजभण्डारी जोशी, इलामका रोशन कर्माचार्य र पोखराका गजेन्द्र गुरुङ हुनुहुन्छ । संस्कृति र सांस्कृतिक नृत्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरिएको स्टार्स स्टुडियो पोखराकी सञ्चालक तथा स्टार्स फाउन्डेसन नेपालका अध्यक्ष जसु गुरुङले जानकारी दिनुभयो ।

उहाँहरुलाई पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, कवि रमेश श्रेष्ठ, स्टार्स स्टुडियोकी सञ्चालक तथा स्टार्स फाउन्डेसनका अध्यक्ष जसु गुरुङ लगायतले सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो । सम्मानीत व्यक्तिहरु अभिनय तथा नृत्यको माध्यमबाट नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यको क्षेत्रमा स्थापित भइसकेका श्रष्टा हुनुहुन्छ ।

स्टार्स स्टुडियो नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण र प्रर्वद्धनका लागि क्रियाशील संस्था हो । यसको कार्यालय न्यूरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातिको मौलिक भेषभूषाको संरक्षणको क्षेत्रमा यसले काम गरिरहेको छ । यसैगरी स्टार्स फाउन्डेसन नेपाल भने नेपालको मौलिक नृत्यको प्रर्वद्धनका लागि स्थापना भएको संस्था हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button