पोखरामा सवारी दुर्घटनामा एकको मृत्यु, ठक्कर दिने सवारीसाधन फरार

पोखरा न्यूज ।  पोखरामा आइतबार सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । पोखरा ७ बुलौदीमा आइतबार बिहान नम्बर नखुलेको सवारीसाधनले ग ५ प ८३६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

बिहान करिब ६ बजे भएको दुर्घटनामा धनकुटा सहिद भूमि गाउँपालिका १ हुगुवा घर भई पोखरा ६ लेकसाइड बस्दै आएका ४७ वर्षीय जितबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास कुमार हमालले जानकारी दिनुभयो। हमालका अनुसार दुर्घटना पश्चात् राईलाई तत्काल जीएमसी हस्पिटल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्कुटरलाई ठक्कर दिने सवारीसाधन फरार रहेको डिएसपी हमालले बताउनुभयो । ठक्कर दिने सवारीसाधनको वडा प्रहरी कार्यालय बदामका प्रहरी प्रमुख डिएसपी चिनीमाया तामाङको नेतृत्वमा १५ सदस्यीय टोलीले खोजी कार्य तीव्र पारेको प्रवक्ता हमालले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button