अन्तर्राष्ट्रिय नारी दिवसमा मुख्यमन्त्री गुरुङको शुभकामना

पोखरा न्यूज । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

“महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने नाराका साथ मनाउन लागिएको १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीवहिनी तथा दाजुभाइहरुमा लैङ्गिक समानता, महिला सशक्तिकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।

महिलाको हक अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिन्छ ।

वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक एवं सवै प्रकारका शोषण, उत्पीडन र विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने हाम्रो संकल्प हो। यसका लागि संवैधानिक र कानूनीरुपमा प्राप्त महिला अधिकारलाई पूर्ण कार्यान्वयन गर्दै अगाडि वढ्नु आवश्यक छ, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ । आजको दिनले हामी सवैलाई महिलाहरुको अधिकार सुतिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button