पोखराको बगरमा शुरु एट ए फूटबलमा पोखरा भेट्रान्सको विजय शुरुवात

पोखरा न्यूज । बगर भाई खलकद्वारा आयोजित “चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” सोमबारबाट शुरु भएको छ ।

“स्वास्थका लागि एक घण्टा व्यायम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ टुँडिखेल मैदानमा भएको उद्घाटन खेलमा पोखरा भेट्रान्सले विजयी शुरुवात गरेको हो । ४०–६५ वर्ष उमेर समूको उक्त प्रतियोगिताको उद्घाटन खेलमा स्थानीय इन्द्रेणी एकीकृत विकास केन्द्रसँगको खेलमा पोखरा भेट्रान्स २–१ गोल अन्तरले विजयी भएको हो ।

खेलको पहिलोे हाफ पोखरा भेट्रान्स शंकर केसीको गोलको मद्धतले १–० ले अग्रता लिएर अगाडी बढेको पोखरा भेट्रान्सले खेलको दोश्रो हाफमा भोजेन्द्र तामाङले टिमका लागि थप एक गोल गर्दै २–० को अग्रता लिएको थियो । यता बलियो मानिएको इन्देणीका लागि योगेन्द्र थकालीले १ गोल फर्काए । उद्घाटन खेलमा पोखरा भेट्रान्सका दीपेन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भएका थिए ।
यसैगरी आज सम्पन्न दोस्रो खेलमा आयोजक पोखरा बगर भाई खलक ‘ए’ ले श्रृङ्खला क्लब भलामलाई ४–० गोल अन्तरले पराजित गरेको छ । आयोजकको जीतसँगै खेलमा म्यान अफ दि म्याचसमेत रहेका मनोज गुरुङले २ गोल गरे भने गंगा तामाङ र राजकुमार तामाङले समान १–१ गोल गरेका थिए ।

यस्तै आजै सम्पन्न तेश्रो खेलमा लेकसाईड भेट्रान्स र विष्णु पादुका भेट्रान्स बीचको खेलमा विष्णुपादुका हेम्जा १–० गोलले विजयी भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा भने विष्णुपादुकाका लागि राजेन्द्र थापाले १ गोल गर्दै टिमलाई दोश्रो चरणमा पुर्याएका छन । उक्त खेलमा विष्णुपादुकाका गोल रक्षक भरतबहादुर थापा म्यान अफ दि म्याच भए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले पोखराको टुँडिखेल मैदानको विकासका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौ, विरगंज, बुटवल, वालिङ र पोखराका गरी २८ टिमको सहभागिता रहेको छ ।प्रतियोगीतामा उपाधि विजेताले रनिङ शिल्डसहित नगद १ लाख ११ हजार १ सय ११ लाख द्वितीयले नगद ५५ हजार पांच सय पचपन्न ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफीसहित जनही नगद ५ हजार प्रत्येक खेलाडीलाई प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित नगद दश हजार प्रदान गरिने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button