गोरखामा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

पोखरा न्यूज । गोरखामा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरण गरिएको छ ।

नेपाल प्रहरी र सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक पोखराले बिभिन्न सरोकारवाला निकायसंग सहकार्य गर्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भिमसेन थापा गाउँपालिका–१ घ्याम्पेसालस्थित दुल्लुभ क्याम्पसमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
ग्रामीण क्षेत्रमा अस्पताल तथा औषधिको असहज पहुँचलाई मध्यनजर गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र गोरखा, लायन्स क्लब अफ गोरखा, भिमसेन थापा गाउँपालिका, जाल्पा सामुदायिक लघुवित्त र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराका चिकित्सक समूहसंगको सहकार्यमा नि–शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

उक्त प्रहरी सेवा केन्द्रले विगतका दिनमा पनि गण्डकी प्रदेश अन्तर्गतका बिभिन्न दुर्गम बस्तीहरुमा निशुल्क स्वास्थ्य शिविर साथै अन्य जनचेतनामुलक कार्यहरुसमेत गर्दै आइरहेको बताइएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले सामुदायिक प्रहरी सेवा केन्द्रले अन्य निकायसंग सहकार्य गर्दै आयोजना गरेको उक्त शिविरले स्थानीयस्तरमा स्वास्थ्य सेवाको सहज पहुँच नभएका व्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

विभिन्न शिविरहरुको नाममा अन्य संघ संस्थाले शहरमुखी कार्यक्रमहरु मात्रै गर्ने गरेको तर वास्तविक स्थानको छनोट गरी गाउँलक्षित कार्यक्रमहरु गर्न सामुदायिक प्रहरी सेवा केन्द्रले यो शिविरबाट राम्रो सन्देश प्रवाह गरेको केन्द्रका अध्यक्ष विपिन अधिकारीले बताउनुभयो ।

भिमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाका ६०० भन्दा बढी विभिन्न उमेर समूहका नागरिकहरुलाई महिला तथा स्त्रीरोग, मुटुरोग, सुगर, हाडजोर्नी सम्बन्धी समस्या, आँखा जाँचलगायतका निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button