महिला आयआर्जनसँग जोडिनु पर्छ -उपसभामुख शर्मा

पोखरा न्यूज । गण्डकी प्रदेश सभाका उपसभामुख श्रृजना शर्माले महिला संविधान प्रदत्त हक अधिकारको उपयोग गर्दै आयआर्जनमा लाग्नुपर्ने बताउनुभएको छ ।

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लमजुङको मस्र्याङदी गाउँपालिका एवम् महिला सञ्जालद्वारा संयुक्त रुपमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सशक्तिकरण कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताउँदै उपसभामुख शर्माले मुलुकबाट सबै खाले हिंसा र गरिबीपनको अन्त्यका लागि उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताउनुभयो । गण्डकी प्रदेश सभाले हालसम्म ४६ वटा कानून निर्माण गरेको जानकारी दिँदै उहाँले कानूनको कार्यान्वयनका साथै आयआर्जनका लागि प्रदेश सरकार जिम्मेवार बन्दै आएको धारणा राख्नुभयो ।

संवैधानिक अधिकार प्राप्त भएपनि महिला राजनीतिक क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले क्षमता अभिवृद्धिका साथै समय सापेक्ष नेतृत्व विकास गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो । मस्र्याङयादी गाउँपालिकाका अध्यक्ष अर्जुुन गुरुङले महिला सशक्तिकरणका लागि गाउँपालिकाले जोड दिंँदै आएको बताउँदै प्राप्त अवसरलाई भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकास्तरीय महिला सञ्जालका अध्यक्ष राममाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्मा, बेँसीशहर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रवित्रा रानामगर,नेकपाका धनसिंङ तामाङ, नेकाका कृष्णबहादुर गुरुङ, हिरादेवी घले लगायतले मुलुकको समृद्धिका लागि महिलाको भूमिका माथि प्रकाश पार्नुभएको थियो । नारी पुरुष सरावरी सधैभरि बरावरी, लैङिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नारा लेखिएका प्लेकार्डसहितको गाउँपालिकाका छुट्टछुट्टै स्थानबाट निस्केको महिला र्याली भुलभुलेस्थित सभा हलमा सभामा परिणत भएको थियो । सो अवसरमा रेडियो मस्याङको मञ्जरी नाट्य समूहद्वारा चेतनामूलक नाटक प्रस्तुत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button