गायिका बबिता बुढा “वर्षा”को “सुनको गजुर” सार्वजनिक

पोखरा न्यूज । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भाइरल हुने ध्याउन्नमा नलाग्न कलाकारलाई आग्रह गर्नुभएको छ ।

लोक तथा दोहोरी गायिका बबिता बुढा “वर्षा”को नयाँ लोक सांगीतिक कोसेली “सुनको गजुर”को म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पछिल्लो समय गलत कुराहरू सामाजिक सञ्जालमा भाइरल हुने गरेको बताउनुभयो । भाइरल हुने भन्दा पनि सही सिर्जना दर्शक, स्रोतामाझ ल्याउन आग्रह गर्दै उहाँले कलाकारको हितका लागि गण्डकी प्रदेश सरकारले ठोस कदम अघि सार्ने उल्लेख गर्नुभयो ।

भूगोल सानो भएपनि लोकसंस्कृतिमा नेपाल धनी देश भएको बताउँदै मन्त्री गुरुङले अझ दोहोरी गीत गाउनु विश्वमै अनुपम संस्कृति भएको दाबी गर्नुभयो । एक अर्को प्रसंगमा उहाँले कलाकारलाई स्थायी लेखा नम्बर (पान) लिन आग्रह गर्दै आफ्नो सिर्जनालाई व्यक्तिगत बौद्धिक सम्पत्तिका रुपमा दर्ता गर्न आग्रह गर्नुभयो । गायन र सिर्जनाबापत प्राप्त हुने आम्दानीबाट कर तिर्ने गरेर व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले स्थायी लेखा नम्बर (पान) लिएर आफ्नो सिर्जनालाई सुरक्षित गर्न समेत कलाकारहरूलाई आग्रह गर्नुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा गायिका बबिता बुढा “वर्षा”ले आफूले चौथो सांगीतिक कोसेलीका रुपमा “सुनको गजुर” सार्वजनिक गरेको बताउँदै विगतमा जस्तै दर्शक, स्रोताको माया पाउने विश्वास व्यक्त गर्नुभयो । यस गीतमा गायिका बुढालाई गायक शनि विश्वकर्माले स्वरमा साथ दिनुभएको छ । त्यस्तै, शेरबहादुर गुरुङको निर्देशनमा बनेको म्यूजिक भिडियोमा विजय पुन र चन्द्रमा थापाले अभिनय गर्नुभएको छ । सो गीतमा कलाकारहरू गणेश गुरुङ, आश्रम गुरुङ, मीना श्रीस र विनिता सारूले समेत स्वरमा साथ दिनुभएको छ ।भने आश्रम गुरुङको लय तथा शब्द रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button