कारुणिक गीत “बिधुवा” बजारमा

पोखरा न्यूज । मन्जरी गीतबाट चर्चामा आएका गायक तथा सर्जक बिर्ख बिश्वकर्माले मार्मिक गीत ” विधुवा ” लिएर आएका छन् ।

बिर्ख बिश्वकर्मा र भावना धामीको स्वर रहेको उक्त गीतलाई उनले आफनो गृह जिल्ला जुम्ला पुगेर भिडियो निर्माण गरेका छन । बिश्वकर्माको आफनै शब्द तथा संगीत रहेको उक्त गीतमा तिलक ओलीले म्युजिक एरेन्ज गरेका छन ।

कोरोनाका कारण सरकारले लकडाउन गरेको बेला जुम्लाको पर्यटकीय स्थल सिञ्जामा पुगेर भिडियो निर्माण गरिएको हो । गीतले दर्शक तथा श्रोताहरुको मन जित्नेमा बिश्वकर्मा ढुक्क छन । मौसम प्रतिकूल भैदिँदा भिडियो निर्माण गर्न एक हप्ता लागेको भिडियोका निर्देशक पदम बिन्दास रोकाएले जानकारी गराउनुभयो ।

भिडियो रोकाए आफैले खिचेका हुन् भने सम्पादन मीन रावल गरेका छन् । आफूले माया गरेको मान्छेको अचानक मृत्यु भएपछि जीवनमा आउने भोगाईलाई गीत तथा कथाले बोकेको छ । भिडियोमा गोमान सिङ्ग सार्की र निरु आरसीको अभिनय हेर्न सकिन्छ भने बाबा इन्टरटेन्मेन्ट टिभीले उत्पादन तथा बजार ब्यबस्थापन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button