तनहुँका पुरुष मृत फेला

पोखरा न्यूज । तनहुँमा आइतबार बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

रिसिङ गाँउपालिका-५ निवासी ६५ वर्षीय मणिलाल कुमाल मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घिरिङ गाँउपालिका-४ गड्यौलीस्थित फागुन २५ गते छोरोको घरमा जादैगर्दा बाटोमा बेपत्ता भएका कुमालको खोजी गर्ने क्रममा आइतबार बिहान १०ः३० बजे नवलपुरको बुलिङटार गाँउपालिका–६ निरन्दी खोला र काली गण्डकीको दोभानमा मृत अवस्थामा फेला परेका हुन् । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button