पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दुर्घटनामा एक गम्भीर घाइते

पोखरा न्यूज । पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्का एक युवा घाइते भएका छन् ।

पोखरा सराङकोट सडक खण्ड स्थित गुम्बा नजिकै सराङकोटबाट पोखरा तर्फ आउँदै गरेको ग१८प ४८१४ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा पर्वत कुस्मा -७ चुवाका ३२ वर्षीय माधव गिरीको ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर घस्दा गम्भीर घाइते भएका माधवलाई उपचारको लागि सहारा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको वरिष्ठ उपरीक्षक पोखरेलले जनाउनुभयो ।

मोटरसाइकलको पछाडि सवार चुवाका ३२ वर्षीय गोविन्द गिरीको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ ।गोविन्दको अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button