नवलपुरबाट लागुऔषधसहित २ जना पक्राउ

पोखरा न्यूज । नवलपुरबाट मंगलबार लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत कावासोती नगरपालिका-१६ चालिस किलोमा प्रहरीले चेकजाँच गर्ने क्रममा पश्चिमबाट-पूर्वतर्फ आउँदै गरेको बसबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-२७ निवासी ३१ वर्षीय बिनोद चौधरी र सोही नगरपालिका वडा नं १७ निवासी ३३ वर्षीय बिजय लामा रहेका छन् ।

उनीहरुको साथबाट नुर्फिन-९७ एम्पुल, डाइजापाम-९७ एम्पुल र फेनारगन-९७ एम्पुल गरी जम्मा-२९१ एम्पुल लागुऔषध बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button