जंकफूड र साइवर अपराधबारे प्रशिक्षण

पोखरा न्यूज । मोबाइल र इन्टरनेटको पहुँचले धेरै कुरा हातमै आइपुगेका छन् । छिनमै विश्वको हालखबर बुझ्न, आफन्तसँग सम्पर्क गर्न सजिलो भएको छ । ज्ञान र मनोरञ्जनमा हामी सिधै जोडिएका छौं ।

यस्ता धेरै सजिला पक्षसँगै साइबर अपराध र जंक फूडको लत पनि बढेको छ । यसबारे सचेत बनाउन परिवार र समुदाय तहमै प्रयासहरुसमेत थालिएका छन् । धारापानी आमा समूह पोखरा ५ ले शनिबार जंकफूडरहित खाना तथा इन्टरनेटको दुरुपयोगका जोखिमबारे समूहका सदस्य र बालबालिकालाई प्रशिक्षण दिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले इन्टरनेटको उपयोग र नयाँ प्रविधिको प्रयोग अनिवार्य भइसकेको बताउनु भयाे । उहाँले उपयोग अनिवार्य भए पनि दुरुपयोग र अपराधिक पक्षबारे सबै सजग हुुनपर्ने बताउनु भयाे । उहाँले स्वस्थ्य खानापान र वातावरणले जीवन नै स्वस्थ बन्ने उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, “जीवनलाई ऊर्जावान् बनाउन खानपान र जीवनयापनको भूमिका हुन्छ, यो परिवार, समाजले नै सिकाउनुपर्छ ” ।

पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले आमा समूहको प्रयासमा यस खालको सान्दर्भिक कार्यक्रम हुनु प्रशंसनीय भएको बताउनुभयो । प्रविधि र विज्ञानको प्रयोग अनिवार्य भएको उल्लेख गर्दै उहाँले आउन सक्ने विकृति रोक्न सामूहिक प्रयास जरुरी हुने बताउनुभयो

पोखरा ५ की वडा सदस्य अञ्जु केसीले कोरोना कहरपछि इन्टरनेटमा बालबालिकाको बढी समय बित्ने गरेको र त्यो लत बनेको उल्लेख गर्दै उनीहरुले के गरिरहेका छन् भनी अभिभावले चासो राख्नुपर्ने बताउनु भयाे । कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामकी प्रमुख प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले साइबर अपराधका प्रकृति र जोगिनु उपायबारे प्रकाश पार्नुभएकाे थियाे। पूर्वप्राध्यापक महेन्द्रमान व्यथितले जंकफूडका अवगुण र स्वस्थ आहारबारे प्रकाश पार्नुभएकाे थियाे ।

समूहका अध्यक्ष कल्पना भुवाजीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मीरा केसी र उपाध्यक्ष सरिता अधिकारीले पनि बाेल्नु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button