पोखरा वृद्धाश्रमलाई सहयोग

पोखरा न्यूज । भलिबल प्रतियोगिताबाट बचत रकमबाट वृृद्धाश्रममा नगद र खाद्यान्न सहयोग गरिएको छ ।

पोखरा-११ फूलबारीमा क्रियाशील धरहरा युवा क्लब र धरहरा टोल विकास संस्थाले महाशिवरात्रि पर्वका अवसरमा आयोजना गरेको महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताबाट बचत रकमबाट पोखरा-१७ महतगौडास्थित पोखरा वृृद्धाश्रमका वृद्धबृद्धालाई २० हजार बराबरको सहयोग गरेको हो ।

टोल विकास संस्थाका उपाध्यक्ष पदम दवाडी, सचिव सुरज पोखरेल र क्लबका अध्यक्ष किसन तिलिजा पुनले वृद्धाश्रमका कर्मचारीलाई नगद पाँच हजार तथा चामल, तेल, नून लगायतका खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । संस्थाले १५ हजार बराबरको खाद्यान्न प्रदान गरेको जनाएको छ ।

खेल र खेलाडीको प्रवद्र्धन तथा धरहरा टोललाई चिनाउने उद्धेश्यले गत फागुन २७ देखी चैत २ गतेसम्म आयोजना गरिएको सो प्रतियोगिताबाट बचत रकम सामाजिक कार्र्यमा लगाउने योजना अनुसार वृद्धाश्रमलाई सहयोग गरिएको संस्थाका उपाध्यक्ष दवाडीले बताउनुभयो ।

भलिबल प्रतियोगितामा पुरुषतर्फ बाग्लुङ जिल्ला भलिबल संघ प्रथम,धरहरामार्ग युवा क्लब द्धितीय र धौलागिरि मगर समाज हेमजा तृतीय बन्न सफल भई क्रमशः ३० हजार, रु २० र रु १० हजार पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

यसैगरी महिलातर्फ धरहरा युवा क्बल पहिलो र टिजीगर्ल गगनगौँडाले दोस्रो स्थान हासिल गरी रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक सोमु भलङ्जा छन्त्यालले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष २० र महिला नौ टोलीले सहभागिता जनाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button