पोखराबाट लागूऔषधसहित २ जना पक्राउ

पोखरा न्यूज । पोखराबाट शनिबार राति लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

पृथ्वीराजमार्ग अन्तरगत पोखरा-३० को पावरहाउसमा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–घरभई हाल रुपन्देही सिद्धार्थ नगरपालिक-९ निवासी २० वर्षीय चुडामणि खतिवडा र रुपन्देही सिद्धार्थ नगरपालिका-३ निवासी १९ वर्षीय गुलाम हुसेन रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले डाईजापाम एक सय एम्पुल, फेनेरागन एक सय एम्पुल र नुर्फिन ९९ सय एम्पुल बरामद गरेको जनाएको छ । उनीहरुको साथबाट २ थान मोवाइल समेत प्रहरीले बरामद गरेको छ । उनीहरुलाई लागुऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button