पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शङ्कास्पद गतिविधि गर्ने नक्कली नेपाली सेना पक्राउ

पोखरा न्यूज । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै शङ्कास्पद हरकत गर्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

नक्कली सहायक सेनानी बनेर विमानस्थलमा प्रवेश गरेका मुस्ताङ थासाङ गाउँपालिका ४ का १८ वर्षीय विपिन लगुन् बि.क. सेनाको पोसाक र नक्कली सामग्री सहित पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।

शनिबार ५: ३० बजेको समयमा विमानस्थल प्रवेश गरी शङ्कास्पद हरकत गरे पश्चात् विमानस्थलमा खटिएको नेपाली सेनाको टोलीले चेक जाँच गर्दा बि.क. नेपाली सेनामा कार्यरत नभएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको डिएसपी हमालले बताउनुभयो ।

तेन्जिङ तो गुरुङ भनी चिनिने बि.क. नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह ,पोसाक (चुस्ता), बुट, श्री भगवती दल गण पोखरा लेखिएको परिचय पत्र, कालो रङ्गको नक्कली वाकिटकी रेडियो सेटको प्रयोग गरी विमानस्थलमा प्रवेश गरेको डिएसपी हमालले जानकारी दिनुभयो ।

पक्राउ परेका बि.क.लाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button