पोखरामा सोमबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ र स्याङजामा १-१ संक्रमित थपिए

पोखरा न्यूज । पोखरामा सोमबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरको वडा नम्बर १६ का ३० जनासहित १२ वटा वडाका थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार पोखरा महानगरको वडा नम्बर १६ मा सर्वाधिक ३० जना पुरुष, वडा नं. ६ का १ पुरुष, ८ की १ महिला, १० का ३ महिला, वडा नं. १३, १४, २५, २७, २८, २९ र ३० मा १-१ महिला तथा ३१ का १ पुरुषमा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी बागलुङ जैमिनी ५ का १ पुरुष र स्याङ्जा भिरकोट ५ की १ महिलामा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको निर्देशक डा. शर्माले जनाउनुभएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ३ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १५ हजार ९ सय ५६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button