आजको राशिफल : चैत १० गते मंगलबार

  • पोखरा न्यूज
  • २०७७ चैत्र १०
आजको राशिफल : चैत १० गते मंगलबार

पोखरा न्यूज । आज मितिः २०७७–चैत्र–१०, मङ्गलबार, नेपाल सम्वत् ११४१, तदनुसार मार्च महिनाको २३, २०२१, फाल्गुन शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः दशमी, नक्षत्रः पुनर्वसु, योगः शोभन, करणः तैतिल, आनन्दादी योग ः स्थिर

चन्द्रमाः मिथुन, सूर्यः मीन, अयनः उत्तरायण

सूर्योदयः ६ः७

सूर्यास्तः १८ः१६

आजको राशिफलः

मेष. आजको तपाईँको दिनचर्या सुखद तवरले बित्ने देखिन्छ । खेलकुद सञ्चारमा राम्रो हुने योग रहेको छ ।परोपकारी कार्यमा मन जानेछ । बन्धु बान्धव, इष्टमित्रबाट सहयोग प्राप्त हुने योग देखिन्छ ।

वृष. आजको तपाईँको दिनचर्या राम्रो छैन । स्वास्थ्यमा सावधानी अपनाउनुपर्ने देखिन्छ भने बोलीमा विचार नपु¥याउँदा झैझगडाको सम्भावना देखिन्छ । व्यापारमा कमी आउनेछ भने नराम्रा समाचार सुन्नुपर्ने योग रहेको छ ।

मिथुन. तपाईँको आजको दिन उत्कृष्ट रहेको छ । सुखद यात्राको योग रहेको छ । सामाजिक कार्यमा मन जानेछ । अध्ययनमा रुचि बढ्नेछ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । मान सम्मानको योग देखिन्छ । सबैतिरबाट प्रशंसा हुनेछ ।

कर्कट. तपाईँको आजको दिन सन्तोषजनक रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । व्यापारमा राम्रो रहेको छ । मुद्दा मामिलामा विजयीको योग देख्न सकिन्छ । सकारात्मक समाचारले दिनचर्या खुसीमय बनाउने देखिन्छ ।

सिंह. तपाईँको आजको दिनमा घरपरिवारबाट सहयोग प्राप्त हुनेछ । आर्थिक कारोबार राम्रो रहेको छ । अध्ययनमा मन जानेछ ।मान सम्मान र पुरस्कारले तपाइलाई प्रफुल्ल बनाउने छ । चिताएको काममा सफलता हात लाग्नेछ ।

कन्या. तपाईँको आजको दिन त्यति राम्रो देखिँदैन । स्वास्थ्यमा गडबडी हुने देखिन्छ । आर्थिक कारोबारमा राम्रो देखिँदैन । आफन्तजनबाट धोका हुन सक्ने हुँदा सावधानी अपनाउनु नै उत्तम हुने देखिन्छ ।

तुला. रोजगारीको अवसर प्राप्त हुने योग देखिन्छ । मिष्टान्न भोजनको योग रहेको छ । रोजगारीका अवसरहरू प्राप्त हुनेछन् । व्यापार व्यवसायबाट राम्रो हुने देखिन्छ । गरेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

वृश्चिक. तपाईँको आजको दिन ठिकै रहनेछ । गरेका कार्यहरू सम्पन्न गर्न बढी नै मेहनत गर्नुपर्ने देखिन्छ । अध्ययनमा रुचि जागृति भए पनि आलस्यताले सताउनेछ । सामाजिक कार्यमा जाँदा अपजस खप्नुपर्ने हुन्छ ।

धनु. पारिवारिक स्थितिमा सुधार आउँदा तपाईँको आजको दिनचर्या सुखमय तवरले बित्ने देखिन्छ । मान–सम्मान प्राप्त हुनेछ । रोजगारीको अवसरहरू सृजना हुनेछ । महत्त्वपूर्ण कार्यहरू सफलतापूर्वक बन्ने दिन रहेको छ ।

मकर. तपाईँको आजको दिन राम्रो छैन । साथी भाइसँग झगडाको योग रहेको छ । स्वास्थ्यमा समस्या देखिन्छ । अशुभ समाचार सुन्न पर्नेछ । जसभन्दा पनि अपजस खेप्नुपर्ने दिन आज तपाईँको रहेको छ ।

कुम्भ. तपाईँको आजको दिनमा रोकिएका काम बन्ने छ । रमाइले गरेर नै आजको दिन तपाईँको बित्नेछ । व्यापार–व्यवसायमा राम्रो रहेको छ । धर्म कर्ममा मन जानेछ । शुभ समाचारहरू सुन्न पाइनेछ ।

मीन. सामाजिक कार्यमा सफलता प्राप्त गर्ने योग रहेको छ । मातापिता र आफन्त मान्यजनबाट सहयोग प्राप्त हुनेछ । मुद्दा मामिलामा विजयीको यात्रा देखिन्छ । यात्रा पनि सुखद हुने देखिन्छ । पूर्णतः आजको तपाईँको दिन सुखद रहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस