अनुदानमा हाते ट्र्याक्टर वितरण

पोखरा न्यूज । लमजुङ दूधपोखरी गाउँपालिकाले ५६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । कृषिमा आधुनिकिकरण गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा ५६ जना किसानलाई खेतबारी जोत्ने ट्र्याक्टर वितरण गरेको जनाएको छ ।

गाउँपालिकाले किसानको माग अनुसार ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको दूधपोखरी गाउँपालिका कृषि शाखाका प्रमुख गोविन्द घिमिरेले बताउनुभयो । उहाँले यसका लागि चालू आर्थिक वर्षमा रु १९ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । गाउँपालिकाले प्रतिकिसान रु ३८ हजार आठ सय मूल्य बराबरको हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।

गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङले ट्रयाक्टरको प्रयोगबाट किसानलाई सहज हुने बताउँदै कृषिमा आधुनिकीरण र व्यवसायीकरण गरी उत्पादन वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय युवा पुस्ता कामको सिलसिलामा बाहिरिएको र गोरुसमेत पाउन गाह्रो भएको अवस्थामा आधुनिक हाते ट्र्याक्टर पाएसँगै किसानले समयको समेत सदुपयोग हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button