पोखरामा मोटरसाइकलको ठक्करबाट ७ वर्षीया बालिका गम्भीर घाइते

पोखरा न्यूज । पोखरामा बिहीबार मोटरसाइकलको ठक्करबाट ७ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् ।

बिहीबार बिहान अन्दाजी पौने दश बजेको समयमा पोखरा -२५ म्याग्दी चोकमा सुइंखेतबाट आउँदै गरेको ध १ प ९०७६ नं. को मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७ वर्षीया सिवानी खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते बालिकाको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button