पोखरा न्यूज । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमण बढ्न सक्ने जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
प्रशासनले बिहीबार एक सूचना जारी गर्दै नजिकिँदै गरेको फागु पूर्णिमा लगायतका चाडबाड मनाउँदा तथा अत्यावश्यक गोष्ठी, भेला तथा कार्यक्रम सञ्चालन गर्दा भिडभाड नगर्न र अनिवार्य रूपमा जन स्वास्थ्यका मापदण्ड पालना गर्न तथा गराउन भनेको छ ।
प्रशासनले अनावश्यक गोष्ठी, भेला तथा कार्यक्रम नगर्न अनुरोध गर्दै सूचनाको अवज्ञा गर्नेलाई सङ्क्रामक रोक ऐन २०२० तथा प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय, कास्कीको सूचना :-
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution