स्याङ्जाको जंगलमा लागेको आगो फैलिएर घर गोठ नष्ट

पोखरा न्यूज सम्वाददाता । स्याङ्जाको जंगलमा लागेको आगो फैलिएर वस्तीमा आगलागी हुँदा सर्वसाधरणको घर र गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट गोठमा पालेका वस्तु पनि मरेका छन् । जिल्लाको  गल्याङ नगरपालिका वडा नं ७ दारेगौडा स्थित लसुने खोलाको पाखो जंगलमा दिउसाे साढे बजेतिर लागेको आगो अचानक साेही स्थानका घर गोठतिर लागेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट सोही स्थानका भागीरथी पाण्डेको खरले छाएको, माटो र ढुङ्गाले बनेको २ तले घर, घरसंगै जोडिएको खरले छाएको १ तले गोठ नष्ट भएको छ । गोठमा रहेको ७ वटा वाख्रा जली मरेको, १ वटा बाख्रा घाइते भएको छ ।

त्यसैगरी चन्द्र प्रसाद पाण्डेको खरले छाएको १ तले घर र गोठ समेत जली नष्ट भइ ८ वटा बाख्राको मरेको र ४ वटा बाख्रा घाइते भएको जनाइएको छ ।

आगलागीबाट अन्य मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिनोद सिलवालले जानकारी दिनुभएको छ ।

घर र गोठमा लागेको आगो सवा २ बजे नियन्त्रणमा आएको तर पाखोमा लागेको आगो नियन्त्रण नभएकाेले निभाउने कार्य जारी रहेको सिलवालको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button