प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज

पोखरा न्यूज । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा जारी गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ फाइनल प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा घिरिङ गाउँपालिकालाई ३–२ सेटले पराजित गर्दै आयोजक फाइनल प्रवेश गरेको हो । शुक्लागण्डकीले घिरिङलाई २५–१४, २५–२३, २२–२८ र १६–२५ ले १५–९ ले पराजित गरेको हो । दोस्रो सेमिफाइनल खेल भने आज बागलुङको गलकोट नगरपालिका र कास्कीको मादी गाउँपालिकाबीच हुनेछ ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल पनि आज नै हुनेछ । प्रतियोगिताको क्वाटरफाइनलअन्तर्गत आज भीमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबीच भएको थियो । त्यसमा भीमाद नगरपालिका २–० को सोझो सेटमा विजयी भएको छ । पहिलो सेटमा २५–१८ ले विजयी भएको भिमाद दोस्रो सेटमा २५–२२ ले विजयी भएको थियो ।

त्यस्तै पुतलीबजार नगरपालिका स्याङ्जालाई २–१ को सेटमा पराजित गर्दै कास्कीको मादी गाउँपालिकाले सेमिफाइनलको यात्रा तय गरेको छ । मादीले पुतलीबजारलाई २३–२५, २५–१९ र २५–२१ मा पराजित गरेको थियो ।

दोस्रोे क्वाटरफाईनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ ले बौदीकाली गाउँपालिका नवलपुरलाई २५–१६, २५–२३ को सोझो सेटमा पराजित गरेको छ । हरिनास गाउँपालिका स्याङ्जालाई २–१ को सेटमा पराजित गर्दै घिरिङ गाउँपालिका तनहुँ सेमिफाइनल प्रवेश गरेको थियो । घिरिङले २३–२५, २५–१४, २५–२३ मा हरिनासलाई पराजित गरेको छ ।

बाग्लुुङको गलकोट नगरपालिकाले तनहुँको भीमादलाई २–० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५–१५ र दोस्रो सेटमा २५–१४ को नजिता गलकोटले आत्मसाथ ग¥यो । प्रतियोगितामा विजेताले नगद रु एक लाख ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा दोस्रो हुनेले रु एक लाख, तेस्रोले रु ५० हजार र सान्त्वनाले रु २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछन् । वेष्ट स्पाइकर, सेन्टर सर्वर, ब्लकर, डिफेन्डरले जनही रु पाँच हजार हात पार्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button