बेलुकी खाना खाएर सुतेका बागलुङका युवा मृत फेला

पोखरा न्यूज । आफ्नै घरको कोठामा बेलुकी खाना खाएर सुतेका बागलुङका युवा आज बिहान पाैने ९ बजे मृत फेला परेका छन् ।

जिल्लाको बागलुङ नगरपालिका वडा नं ३ देउरालीचोक बस्ने २५ वर्षीय बिनोद श्रेष्ठ आफ्नै घरको सुत्ने कोठामा बेलुकी खाना खाई सुतेकोमा बिहान अबेरसम्म नउठेकोले आमा गई हेर्दा मृत अवस्थामा भेटिएकाे प्रहरीकाे भनाइ छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिनोद सिलवालका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button