आजको राशिफल : चैत्र १७ गते मङ्गलबार

पोखरा न्यूज । आज मितिः  २०७७–चैत्र–१७, मङ्गलबार, नेपाल सम्वत् ११४१, तदनुसार मार्च महिनाको ३०, २०२१, चैत्रकृष्णपक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः द्वितीया घ.प.३७ः३(२०ः४८), नक्षत्रः चित्रा, योगः व्याघात, करणः तैत्तिल, आनन्दादी योग: ध्वांक्ष

चन्द्रमाः तुला, सूर्यः मीन, अयनः उत्तरायण

सूर्योदयः ५ः५९

सूर्यास्तः १८ः२०

आजको राशिफलः

मेष. आजको तपाईको दिन राम्रो रहेको छ । आफन्तले सहयोगको हात बढाउनेछन् । बोलीमा प्रभाव बढेर जाँदा गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । आज शत्रुता भन्दा पनि मित्रता गाँसिने दिन रहेको छ । हाँसीखुसी दिन बित्नेछ । सबैलाई मित्रताको भावना जागृत गर्न सफल भइनेछ ।

वृष. बोलीमा विचार पुर्‍याउनुपर्ने देखिन्छ । अपजस पाउने दिन रहेकाले विचार पुर्‍याएर मात्र काममा हात हाल्नुहोला। नयाँ कार्यको थालनी नगर्दै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक सोचाइले गरिरहेका काम पनि बिग्रनेछन् । पूर्ण सतर्क भएर काम गर्नुहोला ।

मिथुन. तपाईले गरेको कार्यमा सन्तानको पूर्ण साथ र समर्थन रहेको छ । यश, कीर्ति र पराक्रम बढ्दा शत्रु डराउने यो रहेको छ। आर्थिक क्षेत्रहरुबाट सकारात्मक सन्देश छाउने छ भने नयाँ र सकाराम्मक सन्देशले मन प्रफुल्ल बनाउनेछ ।

कर्कट. तपाईको आजको दिन ठिकै रहेको छ । धैर्यताका साथ काम गर्नुभयो भने पूर्णताको यात्रामा जानेछ । राम्रो गर्दागर्दै पनि नराम्रो खप्कि खानुपर्ने हुँदा विचार पुर्‍याउनुहोला । बोलीमा भने मिठासपन ल्याउँदा राम्रो हुने देखिन्छ । समग्रमा मन प्रसन्न भएर काम गरेको खण्डमा दिन उत्तम तरिकाले बित्नेछ ।

सिंह. आजको दिन तपाईको लागि राम्रै रहेको देखिन्छ । धैर्यता, साहस र पराक्रमको मात्रा बढेर जाने देखिन्छ । बोलीमा प्रभावकारिता र दम बढेर आउनेछ । समाजले तपाईको खोजी गर्नेछन् । समग्रमा तपाइको लागि आज मनमा सन्तोष छाउँदा आनन्दीपनको महशुस तपाईले गर्नुहुनेछ ।

कन्या. तपाईको आजको दिन राम्रो मानिदैन । व्यापार तथा कारोबारमा नोक्सानी हुन सक्नेछ । कर्मचारी वा आफन्त, साथीभाइबाट धोका हुने सम्भावना पनि उत्तिकै रहेको देखिन्छ । तपाईको मान सम्मानप्रति आँच आउने भएकाले सावधानी अपनाउनुहोला । आजको दिनमा होसियारी अपनाउनुनै तपाईका लागि उत्तम हुने देखिन्छ ।

तुला. तपाईको आजको दिन राम्रो तवरले बित्ने देखिन्छ । तपाईले जे सोच्नुहुन्छ त्यसलाई सहज र सरलताका साथ पुरा गर्न सक्ने योग रहेको छ । स्वास्थ्यले तपाईलाई आज दरिलो साथ दिनेछ । नयाँ यात्राको अवसर देखिएको छ । मिष्ठान्न भोजनको सम्भावना रहदा नयाँ नयाँ साथिभाइसँग मित्रमिलन हुने योग देखिन्छ ।

वृश्चिक. तपाईको आजको दिन सन्तोषजनक रहेको छ । मनमा शान्तिपन बढेर आँदा आनन्दको अनुभूति हुनेछ । आर्थिक तथा सामाजिक उल्लेख्य प्रगति हुने देखिन्छ । प्रेम सम्बन्ध झाँगिदै जाने समय रहेको छ ।

धनु. साथीभाइको सङ्गतले नै अधुरा कामहरुले पूर्णता पाउनेछन् । बिग्रेको स्वास्थ्यले साथ दिदा राजनैतिक क्षेत्रमा ठूलो फट्को मार्ने सम्भावना रहेको छ । धार्मिक कार्यमा हात हाल्दा अझ नसोचेको फाइदा मिल्नेछ ।

मकर. तपाईको दिनमा आज त्यति राम्रो छैन । खानपिनमा विचार नपुर्‍याउँदा स्वास्थ्यले साथ दिनेछैन । अर्थक्षेत्रको कर्ममा विचार नपुर्‍याउँदा हानी हुन सक्ने भएकले सावधानि अपनाउनुपर्ने देखिन्छ । सवारी दुर्घटनाको पनि उत्तिकै सम्भावना देखिएकाले होसियारी भने अपनाउनुहोला ।

कुम्भ. आजको दिनले तपाईलाई साथ दिएको छ । रोकिएका काम कारबाही पुर्णताको दिशामा जानेछन् । अध्ययनको क्षेत्रमा सफलता प्राप्ति गर्ने समय रहेको छ। साथीभाइले साथ दिदा मनले आनन्दको महसुस गर्ने देखिन्छ ।

मीन. तपाईको आजको दिन मध्यम पाराले बित्ने देखिन्छ । सोचेजति काम पूरा नहुने हुदा सतर्क र होसियार हुनुपर्ने देखिन्छ । साथीभाइबाट धोकाको सम्भावना देखिएको छ । काम गर्दा अपजस आउने भएकाले सतर्कता अपनाउनुहोला । आलस्यताले सताउनेछ । सावधानी नपनाउँदा दुःखले झन्झटपन बेहोनुपर्ने हुन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button