गण्डकीपर्वतसमाचार

प्रवलीकरण गर्न सम्झौता नगर्नेलाई सूचीवाट हटाइयो

पोखरा न्यूज । पर्वतमा तोकिएको समयसीमाभित्र निजी आवास मर्मत गर्न सम्झौता नगर्ने १०५ जनालाई प्रवलीकरणको लाभग्राही सूचीबाट हटाइएको छ ।

तोकिएको समयभित्र निजी आवास ममर्तको लागि सम्झौता गर्न नआउने र पहिलो किस्ता नलैजाने प्रवलीकरणका लाभग्राहीलाई सूचीबाट हटाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार भूकम्पपीडितलाई पछिल्लो पटक २०७७ मङ्सिर मसान्तसम्म सम्झौता गर्न र पुस १५ गतेभित्र पहिलो किस्ता लैजान समयसीमा तोकिएको थियो । जिल्लामा प्रवलीकरणका कूल लाभग्राहीको सङ्ख्या ३२५ रहेको छ । तीमध्ये २२० लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता रु ५० हजार घर ममर्तको लागि लगेको नायब सुुब्बा बालकृष्ण शर्माले जानकारी दिनुभयो ।

प्रवलीकरणको लाभग्राहीको सूचीबाट हटाएकामध्ये सबैभन्दा बढी फलेबास नगरपालिकाका रहेका छन् । फलेबास नगरपालिकाका ६१ लाभग्राही सूचीबाट हटेका छन् । त्यस्तै बिहादी गाउँपालिकाका २७, पैयूँ गाउँपालिकाका ७, कुश्मा नगरपालिकाका ५ महाशीला गाउँपालिकाका तीन तथा मोदी र जलजला गाउँपालिकाका एक एक लाभग्राही छन् ।

घर ममर्त सम्पन्न गरी दोस्रो तथा अन्तिम किस्ताको लागि भने अहिलेसम्म कुनै सिफारिस नआएको शर्माले बताउनुभयो । “घर बनाउन आवश्यक नभएको तर लाभग्राही सूचीमा नाम निस्किएकाले सम्झौता नगरेको देखियो”, उहाँले भन्नुभयो ।

प्रवलीकरणका लाभग्राहीले दुई किस्तामा रु ५०÷५० हजार गरी रु एक लाख पाउनेछन् । शर्माका अनुसार प्रवलीकरणका लाभग्राहीमध्ये पनि पुनःनिर्माणतर्फ परिवर्तन हुन चाहाने लाभग्रहाीको सङ्ख्या ३४८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button