आजको राशिफल : चैत १९ गते बिहीबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा  ।  आज मितिः २०७७–चैत्र–१९, बिहीबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको १, २०२१, चैत्र कृष्णपक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः चतुर्थी घ.प.२५ः७(१६ः०), नक्षत्रः विशाखा, योगः वज्र, करणः कौलब, आनन्दादी योग ः प्रवद्र्ध

चन्द्रमाः तुला, सूर्यः मीन, अयनः उत्तरायण

सूर्योदयः ५ः५७

सूर्यास्तः १८ः२१

आजको राशिफलः

मेष. आजको तपाईँको दिन राम्रो रहेको छ । आफन्तले सहयोगको हात बढाउनेछन् । बोलीमा प्रभाव बढेर जाँदा गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । आज शत्रुता भन्दा पनि मित्रता गाँसिने दिन रहेको छ । हाँसी खुसी दिन बित्नेछ । सबैलाई मित्रताको भावना जागृत गर्न सफल भइनेछ ।

वृष. बोलीमा विचार पु¥याउनुपर्ने देखिन्छ । अपजस पाउने दिन रहेकाले विचार पु¥याएर मात्र काममा हात हाल्नुहोला। नयाँ कार्यको थालनी नगर्दै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक सोचाइले गरिरहेका काम पनि बिग्रनेछन् । पूर्ण सतर्क भएर काम गर्नुहोला ।

मिथुन. तपाईँले गरेको कार्यमा सन्तानको पूर्ण साथ र समर्थन रहेको छ । यश, कीर्ति र पराक्रम बढ्दा शत्रु डराउने यो रहेको छ। आर्थिक क्षेत्रहरूबाट सकारात्मक सन्देश छाउने छ भने नयाँ र सकारात्मक सन्देशले मन प्रफुल्ल बनाउनेछ ।

कर्कट. तपाईँको आजको दिन ठिकै रहेको छ । धैर्यताका साथ काम गर्नुभयो भने पूर्णताको यात्रामा जानेछ । राम्रो गर्दागर्दै पनि नराम्रो खप्की खानुपर्ने हुँदा विचार पु¥याउनुहोला । बोलीमा भने मिठासपन ल्याउँदा राम्रो हुने देखिन्छ । समग्रमा मन प्रसन्न भएर काम गरेको खण्डमा दिन उत्तम तरिकाले बित्नेछ ।

सिंह. आजको दिन तपाईँको लागि राम्रै रहेको देखिन्छ । धैर्यता, साहस र पराक्रमको मात्रा बढेर जाने देखिन्छ । बोलीमा प्रभावकारिता र दम बढेर आउनेछ । समाजले तपाईँको खोजी गर्नेछन् । समग्रमा तपाइको लागि आज मनमा सन्तोष छाउँदा आनन्दीपनको महसुस तपाईँले गर्नुहुनेछ ।

कन्या. तपाइको आजको दिन राम्रो मानिँदैन । व्यापार तथा कारोबारमा नोक्सानी हुन सक्नेछ । कर्मचारी वा आफन्त, साथीभाइबाट धोका हुने सम्भावना पनि उत्तिकै रहेको देखिन्छ । तपाइको मान सम्मानप्रति आँच आउने भएकाले सावधानी अपनाउनुहोला । आजको दिनमा होसियारी अपनाउनु नै तपाईँका लागि उत्तम हुने देखिन्छ ।

तुला. तपाइको आजको दिन राम्रो तवरले बित्ने देखिन्छ । तपाईँले जे सोच्नुहुन्छ त्यसलाई सहज र सरलताका साथ पुरा गर्न सक्ने योग रहेको छ । स्वास्थ्यले तपाईँलाई आज दरिलो साथ दिनेछ । नयाँ यात्राको अवसर देखिएको छ । मिष्टान्न भोजनको सम्भावना रहँदा नयाँ नयाँ साथीभाइसँग मित्र मिलन हुने योग देखिन्छ ।

वृश्चिक. तपाइको आजको दिन सन्तोषजनक रहेको छ । मनमा शान्तिपन बढेर आउँदा आनन्दको अनुभूति हुनेछ । आर्थिक तथा सामाजिक उल्लेख्य प्रगति हुने देखिन्छ । प्रेम सम्बन्ध झाँगिँदै जाने समय रहेको छ ।

धनु. साथीभाइको सङ्गतले नै अधुरा कामहरूले पूर्णता पाउनेछन् । बिग्रेको स्वास्थ्यले साथ दिँदा राजनैतिक क्षेत्रमा ठुलो फट्को मार्ने सम्भावना रहेको छ । धार्मिक कार्यमा हात हाल्दा अझ नसोचेको फाइदा मिल्नेछ ।

मकर. तपाईँको दिनमा आज त्यति राम्रो छैन । खानपिनमा विचार नपु¥याउँदा स्वास्थ्यले साथ दिनेछैन । अर्थ क्षेत्रको कर्ममा विचार नपु¥याउँदा हानि हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिन्छ । सवारी दुर्घटनाको पनि उत्तिकै सम्भावना देखिएकाले होसियारी भने अपनाउनुहोला ।

कुम्भ. दिनले साथ दिएको छ । रोकिएका काम कारबाही पूर्णताको दिशामा जानेछन् । अध्ययनको क्षेत्रमा सफलता प्राप्ति गर्ने समय रहेको छ। साथीभाइले साथ दिँदा मनले आनन्दको महसुस गर्ने देखिन्छ ।

मीन. तपाईँको आजको दिन मध्यम पाराले बित्ने देखिन्छ । सोचे जति काम पुरा नहुने हुँदा सतर्क र होसियार हुनुपर्ने देखिन्छ । साथीभाइबाट धोकाको सम्भावना देखिएको छ । काम गर्दा अपजस आउने भएकाले सतर्कता अपनाउनुहोला । आलस्यताले सताउनेछ । सावधानी नअपनाउँदा दुःखले झन्झटपन बेहोर्नुपर्ने हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button