कतारमा अब ४० वर्ष माथिकाेलाई निःशुल्क कोरोनाको भ्याक्सिन

तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा दैनिक कोरोनाको सङ्क्रमण बढेसँगै यहाँको स्वास्थ्य मन्त्रालयले कोभिड १९ विरुद्ध लगाइने खोपको योग्यताका लागि उमेरको सीमा घटाएको छ l यस अघि ५० वर्ष माथिकोले मात्र निःशुल्क लगाउन पाउने खोप अब ४० वर्ष पुगेका जो कोहिले निःशुल्क लगाउन पाउने मन्त्रालयले जनाएको छ l

कतारमा फाइजर १८ वर्ष सम्मका र मोर्डना भ्याक्सिन १८ वर्ष भन्दा माथिका उमेर समूहलाई लगाउने गरिएको छ l सरकारको प्राथमिकता तथा उमेर समूहमा नपरेका सबै नागरिकहरूले सरकारले जारी गरेको फाराम भरेर पालो कुरेर लगाउन सकिन्छ।  ल फाराम भरेका व्यक्तिहरूलाई यहाँको मन्त्रालयले एसएमएस मार्फत सूचना दिएर भ्याक्सिनको लागि नजिकैको स्वास्थ्य केन्द्रमा बोलाउने गरेको छ जसको लागि यहाँको हेल्थ कार्ड अनिवार्य गरिएको छ l मन्त्रालयका अनुसार मार्च ३० सम्ममा ७ लाख ९० हजार ६ सय ७६ जनाले भ्याक्सिन लगाई सकेका छन् l

QNCC मा भिड नगर्न आग्रह

दैनिक जस्तो कतारको QNCC मा बिना आमन्त्रण खोप लगाउन पाइने भन्दै हजारौँको सङ्ख्यामा सामाजिक दुरी पनि कायम नगरी भिड बढ्न थाले पछि मन्त्रालयले बिना आमन्त्रण त्यहाँ नजान र भिड नगर्न अनुरोध गरेको छ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button