बागलुङमा बम बनाउने क्रममा विस्फोट हुँदा दुई गम्भीर घाइते

पोखरा न्यूज ।  बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

बडीगाड गाउँपालिका– २ सिमलचौरमा २८ वर्षीय अरुणकुमार पुनले माछा मार्ने बम बनाउने क्रममा अचानक विस्फोटन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो ।

बम विस्फोटमा मित्र राना र अरुणकुमार पुन गम्भीर घाइते भएको हवारीको भनाइ छ । उनीहरुको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई उपचारका लागि पाल्पास्थित प्रभास अस्पताल पठाइएको सूचना अधिकारी हवारीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button