मिक्सर मेसिनमा बेरिदा म्याग्दीका युवकको मृत्यु

पोखरा न्यूज । मिक्सर मेसिनमा सिमेन्ट बालुवा राख्ने क्रममा बेरिदा म्याग्दीका एक युवकको मृत्यु भएको छ ।

मुस्ताङ घरपझोङ- ३ स्याङ स्थित बेनी जोमसोम सडक खण्डमा वाल उठाउनको लागि सिमेन्ट बालुवा राख्ने क्रममा मिक्सर मेसिनमा बेरिदा म्याग्दी मङ्गला -४ का २० वर्षीय लाल बहादुर रोका भनिने सुन्दर रोकाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

रोकाको घटना स्थलमानै मृत्यु भएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button