आजको राशिफलः चैत २१ गते शनिबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा  ।  आज मितिः २०७७–चैत्र–२१, शनिबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको ३, २०२१, चैत्र कृष्णपक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः षष्ठी घ.प.१३ः४२(११ः२३), नक्षत्रः ज्येष्ठ, योगः वज्र, करणः भद्रा, आनन्दादी योग ः मुसल

चन्द्रमाः वृश्चिक, सूर्यः मीन, अयनः उत्तरायण

सूर्योदयः ५ः५४

सूर्यास्तः १८ः२२

आजको राशिफलः

मेष. आजको दिन तपाईँका लागि सतर्क पूर्वक बिताउनुपर्ने देखिन्छ । नयाँ काममा हात नहालेकै बुद्धिमानी ठहरिनेछ । नयाँ व्यावसायिक क्षेत्र तथा आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना भएकाले होसियारी अपनाउनुपर्ने देखिन्छ । मनमा अशान्ति तथा चिन्ताले सताउनेछ । समग्रमा होसियारीका साथ काम गर्नुहोला ।

वृष. आजको दिन तपाईँको लागि राम्रो रहेको छ । मन सुविचारले आउँदा कामहरू सफलताका साथ सम्पन्न हुनेछ । आफन्तले सहयोगको हात बढाउनेछन् । मित्रता गाँसिने दिन रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । मन खुसीपूर्वक बिताउन सक्ने योग रहेको छ । समग्रमा आजको दिन तपाईँका लागि राम्रो रहेको छ ।

मिथुन. तपाइको लागि आजको दिनमा अपजस पाउने दिन रहेको छ । नयाँ काम–कार्यको थालनी नगर्दै राम्रो हुनेछ । दुर्घटना हुनुका साथै स्वास्थ्यमा समस्या आउन सक्नेछ योग रहेको छ । काममा व्यवधान हुने देखिन्छ । आज तपाईँको मान–सम्मानमा आँच आउने भएकाले सतर्क हुनुहोला ।

कर्कट. मान सम्मान प्राप्त हुने दिन रहेको छ । गरेको काममा सफलता प्राप्ति हुनेछ । नयाँ–नयाँ कार्यको थालनी हुनेछ । आफन्तले सहयोग गर्दा मनमा प्रफुल्लता बढ्नेछ । सन्तोष गरेर नै दिन व्यतीत हुनेछ । स्वास्थ्य तपाइको पक्षमा रहेको छ । सोचेका कामकारबाहीहरू सहजताका साथ सम्पन्न हुनेछन् ।

सिंह. आज तपाईँको लागि राम्रो रहेको छ । आफन्त तथा इष्टमित्रको सहयोगबाट नै अधुरा कामहरू बन्नेछन् । मनमा हौसला बढ्ने देखिन्छ । बोलीमा प्रभाव बढेर जानेछ । नयाँ कार्य थालनी गर्दा राम्रो हुने देखिन्छ । आर्थिक लाभ हुने समय रहेको छ । अध्ययनमा सफलता प्राप्ति हुनेछ ।

कन्या. तपाईँको आजको दिन सोचे अनुसार बित्नेछ । मान सम्मान पाउने योग देखिन्छ भने मिष्टान्न भोजनको प्रबल सम्भावना रहेको छ । सुमधुर पूर्ण यात्राको अवसर आउनेछ । आँटेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । लक्ष्मी प्राप्तिको सम्भावना रहेको छ । समग्रमा दिन उत्कृष्ट तवरले व्यतीत हुने देखिन्छ ।

तुला. तपाईँको लागि आज त्यति राम्रो मान्न सकिँदैन । गरेका काममा चनाखो नभएको खण्डमा अरूले बिगार्दिने सम्भावना रहेको छ । आफन्तबाटै धोकाको सम्भावना रहेकोले सतर्क हुनु नै बेस देखिन्छ । अध्ययनमा सोचे जति प्रगति नहुने हुँदा मनमा चोटको महसुस हुनेछ । आज तपाईँले सतर्क भएर काम गर्नुपर्ने देखिन्छ ।

वृश्चिक. तपाईँको आजको दिन उत्कृष्ट रहेको छ । यश, कीर्ति बढेर जानेछ । काममा सफलता मिल्नेछ । साथीभाइबाट साथ र सहयोग पाउने योग रहेको छ । समग्रमा आनन्दपूर्वक नै दिन बित्नेछ । स्वास्थ्य तपाईँको पक्षमा रहेछ । मन स्थिर हुनेछ । आँटेका काम पुरा हुनेछन् ।

धनु. नयाँ ठाउँको भ्रमण हुनेछ । नयाँ–नयाँ साथीभाइसँगको भेटले आफन्तपनको न्यानो माया बढेर जानेछ । घाटामा रहेका आर्थिक क्षेत्रबाट सफलता प्राप्त गरिने समय रहेको छ । अध्ययन–अध्यापनमा सफलता प्राप्त गर्ने योग रहेको छ । समग्रमा तपाईँको आजको दिन राम्रो रहेको छ ।

मकर. तपाइको आजको दिन ठिकै रहेको छ । गरेका कामले सम्पन्नताको बाटो समाउनेछ । तपाईँले सोच्नुभएका कामहरू सरलता र सफलताको बाटोमा जानेछन् । सबैको साथ र सहयोग पाउने समय रहेको छ । खुसीका खबरहरू सुन्न पाइनेछ । धन तथा वाहन प्राप्त गर्ने सुयोग आजको दिनमा तपाईँका लागि जुरेको छ ।

कुम्भ. तपाईँका लागि आजको दिन त्यति राम्रो मान्न सकिँदैन । गरेका काम कारबाहीमा केही बाधा तथा व्यवधान आउने समय रहेको छ । चिसोबाट बच्नुपर्ने समय रहेको छ । मान –सम्मान खलबल हुन सक्ने भएकाले सचेत हुनुहोला । आलस्यतापनले भने छाड्नेछैन । झैझगडाको सम्भावना देखिएको छ ।

मीन. सन्तानको पूर्ण साथ मिल्नेछ । आज गरेको काममा सफलता मिल्नेछ । परिवारमा सुख प्राप्ति हुनेछ । बोलीमा प्रभाव बढेर जानेछ । सुखद यात्राको प्रबल सम्भावना रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ । साथीभाइको सहयोग प्राप्त हुने भएकाले बोलीमा मिठासताको प्रयोग गर्नुहोला ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button