कास्कीखेलकुदगण्डकीमुख्य खबर

विभागीय टोली एपिएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा

अन्तिम तीन मिनेट सम्हालिन नसक्दा आयोजक सहारा प्रतियोगिताबाट बाहिरियो

पोखरा न्यूज । विभागीय टोली एपिएफ १९ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबमाथि १-० को जित निकाल्दै एपिएफले सेमिफाइनलमा स्थान बनाएको हो ।

अन्तिम समयसम्म निकै रोमाञ्चक बनेको खेलमा आयोजक सहारा र एपिएफले गोल रहित बराबरी खेलेका थिए । खेलको ८७ औँ मिनेटमा प्रदीप लामाले डिबक्स भित्र दिएको बललाई आशिषले जाली चुमाउँदै एपिएफलाई अन्तिम चारमा स्थान दिलाए ।

घरेलु मैदानमा अन्तिम तीन मिनेट सम्हालिन नसक्दा आयोजक सहारा प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि  सहारा प्रतियोगिताको १७ औँ सस्करणको उदघाटन खेलमा पनी  विभागीय टोली एपिएफ संगै  पराजित भएको थियो ।

एपिएफले अब सेमिफाइनलमा मनाङ र सङ्कटाबिचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आइतबार मच्छिन्द्र क्लब र अफ्रिकन युनाइटेड बिच प्रतिस्पर्धा हुनेछ ।

आगामी २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button