पोखरामा सम्पन्न राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि टाइगरलाई

पोखरा न्यूज । नुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन ।

पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए । डेभिडले टाइगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारि सकेका थिए । अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर हाई जम्प मार्फत टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसके पछि घुँडा सिधै रिङमा बज्रिदा घाइते भए । उनी उठ्नै नसक्ने गरी बजारिएको मौकालाई सदुपयोग गर्दै टाइगरले डेविड माथि आफ्नो लक लगाए पछि रेफ्रीको तीन काउन्टसँगै च्याम्पियनको उपाधि जितेका थिए ।

उपाधिका साथ टाइगरले नगद एक लाख च्याम्पियन बेल्ट पनि प्राप्त गरे । प्रतियोगितामा उप विजेता बनेका डेभिडले नगद ५० हजार रुपैयाँ पाए । प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए ।

शुक्रवार रद्द भएको ठगु र द युगबिच च्यालेन्ज खेल पुनः भएको थियो । हिजोको भएको खेलमा ठगुका साथीले आएर रेफ्रीलाई पछारेपछि खेल रद्द भएको थियो । त्यसपछि द युगले ठगुलाई आजका लागि रिङबाटै च्यालेन्ज गरेका थिए । ठगु र द युगबिच प्रतिस्पर्धा एकदमै डरलाग्दो भएको थियो । दुर्बले एक अर्का माथि रिङ भित्र र बाहिर रहेका वस्तुहरू प्रहार गरेका थिए ।

उनीहरूबिच भएको खेलमा टेबल, कुर्सी, फलामको चेन, सिँढी लगायत त्यहाँ वरपर रहेका वस्तुहरू एक अर्का माथि प्रहार भएको थियो । निकै घमासान भएको खेलमा रगतको खोला नै बगेको थियो । तर अन्त्यमा आएर द युगले ठगुलाई उठनै नसक्ने  गरी पछारेपछि जित हात पार्न सफल भए । यो सँगै द युगले आइरन म्यानको उपाधि पाए ।

नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा सञ्चालन भएका २ दिने रिङ रेस्लिङ प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल,राखेप सदस्य सदस्य ,राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका खेलकुद सदस्य सचिव तेज गुरुङ,राखेप सदस्य आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button