युआरएलमा सुरु भयो टेक्रोलिमस जाँच

पोखरा न्यूज । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आइतबारबाट राजधानीबाहिर पहिलो पटक टेक्रोलिसम जाँच सुरु गरेको छ ।

कास्कीकाे  पोखरा न्युरोडमा रहेको प्रधान कार्यालयमा आयोजित समारोहमा पत्रकार राजबहादुर गुरुङको टेक्रोलिमस जाँच गरी सेवा सुरुआत गरियो । टेक्रोलिमस अंग प्रत्यारोपण गरेकाहरुले खाने औषधीको नाम हो । बेला बेलामा यो औषधीको रगतमा भएको मात्रा जाँच गरी चिकित्सकले औषधी निर्धारण गर्छन् ।

यही जाँचका लागि राजधानी पुग्नुपर्ने वा पोखराबाट पठाउँदा रिपोर्ट आउन ३, ४ दिन लाग्ने र तापक्रम लगायतका कारणले रिपोर्ट नै तलमाथि हुन सक्ने जोखिम थियो । साे अवसरमा पत्रकार गुरुङले युआरएलले गुणस्तरीय सेवासहित सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘डाक्टरहरु यही भए पनि यही जाँचका लागि राजधानी जानुपर्ने वाध्यता थियो । यस्ता जाँच पोखरामै उपलब्ध हुँदा खर्च र झन्झट कम हुने र रिपोर्ट पनि गुणस्तरीय हुन्छ ।’

युआरएलका सिइओ भूपेन्द्रराज पाण्डेयले विभिन्न अंग प्रत्यारोपण गरेकाहरुले पोखरामै जाँच गरी सेवा लिन सक्ने बताए । युआरएलले आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा ३ पटक यो जाँच गर्ने छ । आकस्मिक अवस्थामा जुनसुकै दिन पनि सेवा दिइने सिइओ पाण्डेयले जानकारी दिनुभयाे ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले सेवाग्राही र चिकित्सकको सुझावमा यो जाँच सुरु गरिएको बताउनु भयाे । विश्वकै सर्वाेत्कृष्ट प्रविधिमार्फत् संवेदनशील, यहाँ नहुने र विशेष प्रकारका रगत जाँच गरी स्वास्थ्य प्रयोगशाला क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागेकाे अध्यक्ष पन्तकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button