आहा रारा गोल्डकपमा मनाङलाई हराउँदै संकटा विजयी

पोखरा न्यूज सम्वाददाता । संकटा क्लब पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमफिाइनलमा प्रवेश गरेको छ । पोखरा रगंशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले पराजति गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ४४ औं मिनेटमा फोफो माले गोल गर्दै संकटालाई अग्रता दिलाउनु भएकाे थियाे । फोफोको उक्त गोल नै संकटाको जितमा निर्णायक बन्न पुग्यो ।

मंगलबार थ्री स्टार र नेपाल पुलिस क्लब भिड्ने छन् । प्रतियाेगितामा एपीएफ क्लब र अफ्रिकन रुट सेमफिाइनलमा पुगिकेको छ ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button