सदाबहार लोकगायक बन्ने रहर छः दीपक सुनार

पोखरा न्यूज सम्वाददाता । दीपक सुनारको जन्म २०५६ साल कार्तिक ६ गते तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर १३ छाब्दी बाराहीमा भएको हो । सानैबाट नाच्न गाउन भनेपछि हुरुक्कै हुने दीपकलाई भविष्यमा सफल कलाकार बन्छु भन्ने मनमा हुने गर्दथ्यो ।

आफ्नो घरमानै बाबा ममीले समेत गीत गाउने भएकोले उहाँलाई थप उत्पेरणा मिल्यो । बाल्यकालमा क्यासेटमा चक्का राखेर गीत सुन्ने गर्नुभएका उहाँले रेडियोबाट प्रसारण हुने गीत समेत उत्तिकै सुन्ने गर्नुहुन्थ्यो । अहिले उहाँको गीत सुन्ने माध्यम टिभी र मोबाइल बनेको छ । अहिले प्रविधिले गीत सुन्ने मात्र नभएर भिडियो समेत हेर्न पाउँदा उहाँलाई झनै रमाइलो लाग्छ ।

हालसम्म गीत रेकर्ड नगरेपनि अग्रज श्रष्टाले गाउनुभएका गीत विभिन्न कार्यक्रम, मेला महोत्सवमा सुनाउदै आफ्नो प्रतिभा उहाँले देखाउदै आउनुभएको छ । अब औपचारिक रुपमा गीत रेर्कड गरेर दर्शक श्रोतामाझ पस्कने उहाँको तयारी छ । ‘अहिलेसम्म अग्रजका गीत गाउने गरेको छु, अब आफ्नै गीत दर्शक श्रोतामाझ पस्कने तयारी गरेको छु’ उहाँले भन्नुभयो ।

भविष्यमा स्थापित लोकदोहोरी कलाकार बन्ने उहाँको सपना हो । उहाँ गीतसंगीतको अलावा शिक्षक पेशा र व्यापार क्षेत्रमा समेत यात्रारत व्यक्ति हुनुहुन्छ । ‘मेरा धेरै रहर पूरा भएका छन् । गीत संगीतको क्षेत्र मेरो रहरकै क्षेत्र हो, गीत संगीतबाट मात्रै जीवन धान्न नपुग्ला । जीवन धान्न अरु केही पेशा व्यवसाय गर्नुपर्छ भन्ने मान्यताले काम गरेको छु’ उहाँले भन्नुभयो । स्थापित भएपछि जीवन धान्ने बाटो संगीतनै हुनेमा उहाँ आशावादी हुनुहुन्छ ।

बाल्यकालबाटनै विवाह, वर्तबन्ध, स्कुलमा हुने कार्यक्रम र गाउँमा हुने कार्यक्रममा आफ्नो प्रतिभा सुनाउदै आउनुभएका उहाँलाई आफन्त तथा साथीभाइको हौसलाले अगाडि बढ्न थप जोश दिलाएको छ । दीपक भन्नुहुन्छ–‘मैले सानैबाट गीत गाउन थाले, दाइ ममीसँग विवाह ब्रतबन्धमा जाँदा मात्र नभएर स्कुलमा हुने कार्यक्रम र गाउँमा हुने कार्यक्रममा भाग लिए । मलाई हौसला दिने उतिकै हुनुहुन्थ्यो’। विभिन्न ठाउँमा गीत प्रस्तुत गर्दा पाएको साथ सर्पोट उहाँका लागि उर्जा बनेको छ ।

घरपरिवारबाट सांगीतिक क्षेत्रमा अगाडि बढ्न साथ र सहयोग भएकोले समेत यात्रामा सहजता मिलेको उहाँको बुझाइ छ । फलस्वरुप निरन्तर गीत संगीतको क्षेत्रमा लाग्ने उहाँको लक्ष्य बनेको छ । उहाँलाई राजु परियार, राम्जी खाँड, मेक्सम खाती, खुमन अधिकारी, देवी घर्ती, टिका पुन, सरिता सारुमगर आदि गायकगायिकाका गीत बढी मनपर्छ ।

‘छोटो समयमा धेरै मानिसले चिन्नु भएकोमा उहाँ उत्साहित हुनुहुन्छ । ‘धेरैथोरै मानिसले चिन्नुभयो, पैसा ठुलो कुरा हैन इज्जत र माया बटुल्नी अवसर मिल्यो, अहिले सबैले चिन्नुहुन्छ माया गर्नुहुन्छ, खुशीलाग्छ’ उहाँले थप्नुभयो । उहाँलाई केही समयको लागि भाइरल बन्ने रहर छैन । सदाबहार लोकगायकको रुपमा चिनिनको लागि मेहनत गरिरहेको उहाँले सुनाउनुभयो । ‘मलाई भाइरल बन्न मन छैन, म त सदाबहार हुन चाहन्छु, त्यसको लागि मेहनत गर्दैछु’ उहाँले भन्नुभयो । उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँमा आवद्ध हुनुहुन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button