कालीगढ नपाउँदा ऐतिहासिक पुल ओझेलमा

पोखरा न्यूज । तनहुँ जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल ओझेलमा परेको छ । राणाकालीन समयमा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुग्दा दक्ष कालीगढ नपाउँदा संरक्षण हुन नसकेको हो ।
पुरातात्विक महत्वको झोलुङ्गे पुलको संरक्षणको लागि नगरपालिकाले बजेटसमेत विनियोजन गर्दै आएको नगरपालिकाकाप्रमुख मेखबहादुर थापाले बताउनुभयो । पुलको संरक्षणको लागि विज्ञ टोलीको खोजीकार्य भइरहेको छ । उहाँले भन्नुभयो, “पुल निर्माण गर्ने कालीगढको अभावका कारण बजेट विनियोजन गरिए पनि कार्यान्वयन गर्न सकिएको छैन ।” पुलको संरक्षणको लागि स्थानीय र गण्डकी प्रदेश सरकारले चासो देखाउँदै आएका छन् । उहाँले भन्नुभयो, “नगरपालिकाले ऐतिहासिक झोलुङ्गे पुल मर्मतसम्भार तथा संरक्षण योजना शीर्षकमा पटकपटक बजेट विनियोजन गरे पनि ‘फ्रिज’ हुन पुगेको छ ।” हामी पुल संरक्षणका लागि विभिन्न ठाउँसम्म पुगेका थियौँ । उहाँले भन्नुभयो, “यस किसिमको पुलसम्बन्धी सीप भएका व्यक्ति भेट्टाउन नसकिएकाले त्यस्ता व्यक्ति भए नगरपालिकाले समन्वय गरेर काम गर्न तयार छ ।”

पुरातात्विक र ऐतिहासिक क्षेत्रको अनुसन्धान, पुनःनिर्माण गर्नुपर्ने भएकाले डोजर लगाएर नष्ट गर्न नसकिएको नगरप्रमुख थापाले बताउनुभयो । ढोर क्षेत्रको मिनामखानीमा रहेको फलाम खानीबाट स्थानीय विश्वकर्मा समुदायले फलाम निकालेर यो पुल निर्माण गरेको बताइएको छ । उक्त पुलमा प्रयोग भएका काठका फल्याक कुहिएका छन् भने फलामको लठ्ठा अहिले पनि जस्ताको त्येस्तै अवस्थामा देख्न सकिन्छ । निर्माण भएको सयौँ वर्ष बित्दा पनि फलामको गुणस्तर र कालीगढको चर्चा अहिले पनि उत्तिकै रहेको पाइन्छ । प्रदेश सरकारले ऐतिहासिक पुलको मर्मतसम्भार तथा संरक्षणका लागि गत वर्ष रु ११ लाख र यस आवमा रु बीस लाख विनियोजन गरेको नगरपालिकाले जनाएको छ । पुलको लागि भनेर छुट्टाएको बजेट काम गर्न नसकेपछि फ्रिज भएको नगरपालिकाका सूचना अधिकारी ऋषिभक्त वाग्लेले जानकारी दिनुभयो ।

आधुनिक पुलको विषयमा धेरै विज्ञ रहे पनि पुरानो पुलको सन्र्दभमा ज्ञान भएका व्यक्ति नहुँदा समस्या भएको हो । उहाँले भन्नुभयो, “ऐतिहासिक पुलको संरक्षणको लागि पुरातात्विक विभागमा गएर विवरण पेश गर्दा मर्मतसम्भार र संरक्षण गर्नुपर्ने इस्टिमेट ल्याउन भने पनि त्यो तयार गर्न नसक्दा संरक्षणको प्रक्रिया रोकिन पुगेको छ ।” उक्त झोलुङ्गे पुल नजिकै मोटरेबल पुल निर्माण गरिएको छ । सोही पक्की पुल हुँदै तनहँु, स्याङ्जा, पाल्पा र नवलपुरलगायतका सयाँै सर्वसाधारण दैनिक आवतजावत गर्ने गर्दछन् । ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुलको दयनीय अवस्था देखेपछि सर्वसाधारणले समेत खोलो त¥यो, लौरो बिस्र्यो भन्ने गरेको स्थानीयवासी बताउँछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button