पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु

पोखरा न्यूज । पोखरामा मंगलबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

ग्लोबल प्लास्टिक उद्योगमा काम गर्ने क्रममा पोखरा ३३ प्रगति मार्गका २३ वर्षीय विशाल रायमाझीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार मंगलबार दिउसो १ :३० बजे उद्योगमा काम गर्ने क्रममा  करेन्ट लागेर घाइते भएका रायमाझीको जीएमसी हस्पिटल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button