चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप आयोजना

पोखरा न्यूज । नेपाल सोतोकान कराते डो एशोसिएशन भक्तपुरले चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को आयोजना गर्ने भएको छ । यही चैत २८ गते शनिबार आयोजना हुने प्रतियोगितामा देशभरका सात सोतोकान करातेको ३२ डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै फस्ट रनरअप, सेकेण्ड रनरअप र उत्कृष्ठ खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने भएको एशोसिएशनका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै टिम च्याम्पियन, दोस्रो, तेस्रो, चौथो र उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । उहाँका अनुसार प्रतियोगितामा करीब रु पाँच लाख खर्च लाग्ने छ भने मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button