नेपाल पुलिसद्धारा थ्रि स्टार ४-० ले पराजित

पोखरा न्यूज सम्वाददाता । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप प्रतियोगिता अन्तरगत आज भएको खेलमा नेपाल पुलिस क्लवद्धारा थ्रि स्टार क्लव ४-० गोल अन्तरले फराकिलो जित निकालेको छ । जितसँगै पुलिस क्लव प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिस क्लवको तर्फबाट जर्सी नं. ७७ का बुद्ध बल तामाङले दुई गोल गर्नुभयाे । यस्तै तेज तामाङ र सुमन लामाले एक एक गोल गर्नुभएकाे थियाे ।

अब पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतस्पिर्धा गर्नेछ । यता आहा रारा गोल्डकपमा ५ पटक विजेता बनेको थ्रि स्टार भने पहिलो खेलबाटै बाहिरिएको छ ।

आजको खेलसँगै क्वाटरफाइनलका खेल सकिएका छन् भने भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुने आयोजकले जनाएको छ ।

भोलि संकटा क्लव र एपिएफबीच पहिलो सेमिफाइनलको खेल हुने छ ।

प्रतियाेगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टीमको सहभागिता रहेको छ ।

प्रतियाेगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेत टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button