विभागीय टोली एपिएफ मेयर्सकप ट्वान्टी–२० को फाइनलमा

पोखरा न्यूज सम्वाददाता । विभागीय टोली एपिएफले ललितपुर मेयर्स ११ को टोलीमाथि १० विकेटको फराकिलो जित निकाल्दै ललिपुर मेयर्सकप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले ललितपुर मेयर्स ११ माथि फराकिलो जित निकालेर एक खेल अगावै अन्तिम दुईमा प्रवेश गरेको हो । एपिएफलले अन्तिम खेल लुम्बिनी प्रदेशसँग खेल्न बाँकी रहेको छ । यस अघि भएका खेलमा प्रदेश १ र सुदूर पश्चिम प्रदेशलाई हराएको थियो ।

ललितपुरले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्दा अन्तिम दुईमा एक खेल अगावै स्थान बनाउन सफल भएकयो हो । एपीएफको जितमा राजमती ऐरीले अविजित ३३ रन जोड्दा इन्दु बर्माले २८ रनमा अविजित रहिन ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । कन्चन श्रेष्ठले सर्वाधिक १७ रन जोड्दा कप्तान सरस्वती चौधरीले १२ रनमा पवेलियनमा फर्किएकी थिइन् । सन्तोषी चौधरी १३ रनमा अविजित रहिन । अनुराधा चौधरीले ८ रन जोड्दा अन्यले फितलो ब्याटिङ गरे । ललितपुरलाई सस्तैमा समेट्न एपीएफकी बिना बुढाले ४ विकेट हात पार्दा रेखा रावलले २ विकेट आफ्नो नामा लेखाइन् । यस्तै कप्तान सिता राना मगर, सुमन विष्ट र करुणा भण्डारीको नाममा १÷१ विकेट रह्यो । जितसँगै एपीएफले ३ खेलमा ६ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पराजित ललितपुरले ३ खेलमा २ अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबारकै अर्को खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ४० रनले हराएको छ । त्रिवि मैदानमा भएको खेलमा १ सय ३० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र ८९ रन जोड्न सक्यो । कप्तान रुविना क्षेत्रले सर्वाधिक २७ तथा अप्सरी वेगमले २२ रन जोड्दा अन्य ब्याट्सम्यानले राम्रो अंकको स्कोर छुन सकेनन् । प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशका लागि लक्ष्मि साउदले सर्वाधिक ४ विकेट निकाल्दा कविता कुंवर र कवित जोशीले समान २÷२ विकेट निकाल्दा सुनिता लुहारको नाममा एक विकेट रह्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन जोडेको थियो । सुदूरपश्चिमका लागि बिन्दु रावलले ५२ रनको अर्धशतकीय पारी खेलिन । यस्तै रेवती धामीले ३० रन जोड्दा कविता जोशीले २१ रन जोडिन । प्रदेश–१ की शबनम राईले २ विकेट निकाल्दा ज्योति दनवारले १ विकेट आफ्नो नाममा लेखाइन ।

प्रतियोगितामा बुधबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button