लमजुङमा आगलागीबाट ७० वर्षीय वृद्धको घर जलेर नष्ट

पोखरा न्यूज । खाना पकाउने चुलोमा रहेको आगो बिस्तारामा सल्केर आगलागी हुँदा लमजुङमा एक जना वृद्धकाे घर जलेर पूर्णरुपमा क्षति भएको छ ।

आज बिहान १० बजे लमजुङको दोर्दी गाँउपालिका वडा नं ५ तल्लो पाचोकका ७० वर्षीय वृद्ध मेकरास घलेको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले दिएको जानकारी अनुसार वृद्ध घलेको घरमा खाना पकाइ सकेपछि चुलोमा रहेको आगो नजिकैको बिस्तारमा सल्किएको थियो । आगलागीबाट १ तल्ले घर पूर्णरुपमा क्षति भएको छ । घरमा रहेको भाँडावर्तन, अन्नपात र लत्ताकपडा गरी झण्डै ५ लाख बराबरको क्षति भएको पोखरेलले जानकारी दिनुभएको छ । घटनामा कुनै मानिस र जनावरलाई क्षति नभएको पनि जनाइएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button