डिसहोमको फाइबर तार टाङ्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

पोखरा न्यूज । सुनसरीको इटहरी उप-महानगरपालिका-५ मा आज बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

ललितपुर महाकाल गाउँपालिका-४ घर भइ इटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ बर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान पौने १२ बजेको समयमा डिसहोमको फाइबर तार टाङ्ने क्रममा बिद्युतको तारमा छुन गइ करेन्ट लागेर घाइते भएका दुलाललाई उपचारको लागी बिराटनगरको नर्सिंङहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button